दफा ११
कर्मचारी खटाउन सक्ने

(१) प्रचलित कानून र यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको
भए तापनि प्रदेश र स्थानीय तहमा सेवा प्रवाहको व्यवस्था मिलाउन दफा ६ बमोजिम
कर्मचारी समायोजन नभएसम्म नेपाल सरकारले सम्बन्धित सेवा, समूह वा उपसमूहको
कर्मचारीलाई सङ्घ, प्रदेश वा स्थानीय तहमा कामकाज गर्न खटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कर्मचारी खटाउँदा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह
र सोभन्दा माथिका कर्मचारीलाई नेपाल सरकारले र अन्य कर्मचारीलाई सेवा सञ्चालन गर्ने
निकायले खटाउनेछ ।